Wel Come To www.sumanday.blogspot.com
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु सम्पर्क ठेगानाः sumankhadka30@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Showing posts with label story. Show all posts
Showing posts with label story. Show all posts

जिवन


बाट : सुमन खड्का(ME)

सुनेको थिए जिवन दुई आत्माको मिलन रे
जहाँ पवित्र माया प्रेम हुन्छ रे

सुनेको थिए जिवन घामछायाको दर्पण रे
जहाँ परिस्थिती अनुसार चल्नु पर्छ रे

सुनेको थिए जिवन मिलन र बिछोडको सँगम रे
जहाँ आँसु पिएर तिर्खा मेट्नु पर्छ रे

आखिर केही होइन रहेछ जिवन हाम्रो लागि
जहाँ बिष पिएर अमृत सम्झनु पर्छ भने

गजल


सुमन खड्का(ME)
बिराटनगर १ ( शान्ति चोक )

सँगै जिउने वाचा कसम तोडिएछ आज
पराई भईछ निष्ठुरी मलाई छोडि आज

साचो माया होइन रहेछ थाहै भएन मलाई
मुटु भित्र काँडा बिझी पराई भईछ आज

कता कता मुटु दुख्छ अतितलाई सम्झी
घायल भयो यो जिन्दगी धोका पाउदा आज

फूलजस्तो उसको ह्रिदय पत्थर भएछ
अजम्बरी नमेटिने घाऊ लगाइ आज

निश्चल मायामा रम्ने आशा गर्दागर्दै
पानी बिनाको माछा भयो कुसुम आज